News Griha :: न्यूजगृह
अल्पमतमा प्रधानमन्त्री प्रचण्ड
फाइल तस्बिर।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन्। सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले साथ छाडेपछि उनी अल्पमतमा परेका हुन्। 

बुधबार प्रधानमन्त्रीलाई भेटेर एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका हुन्। साथै, प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि एमालेले औपचारिकरूपमा जानकारी गराएको छ।

सोमबार मध्य राति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सत्ता सहयात्राबारे सहमति गरेको एमालेले मङ्गलबार राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो। यसका लागि उसले २४ घण्टाको समय दिएको थियो।

एमालेका ७८ सांसदको समर्थनसहित यो समीकरण गत फागुन २१ गते बनेको थियो। प्रचण्डलाई १ सय ५७ सांसदले विश्वासको मत दिएका थिए।अहिले एमाले र कांग्रेस एकातिर हुँदा प्रचण्ड स्पष्टरूपमा अल्पमतमा परेका छन्।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २०:५६
Weather Update