News Griha :: न्यूजगृह
राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन: शशाङ्क कोइराला
राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन: शशाङ्क कोइराला विकेन्द्रीकरणका माध्यमबाट मात्र चौतर्फी विकास सम्भव हुने भएकाले सबै राजनीतिक दलले यो वास्तविकतालाई मनन गरी तदनुरूप गर्नुपर्नेमा उनले जोड दिए । एक प्रश्नको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने विश्वास नेता कोइरालाले व्यक्त गरे। 
समर्थन फिर्तासहित बागमती सरकारबाट बाहिरिँदै एमाले
समर्थन फिर्तासहित बागमती सरकारबाट बाहिरिँदै एमाले नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन फिर्ता लिन लागेको संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।
एकीकृत समाजवादीको महाधिवेशन आज सकिँदै 
एकीकृत समाजवादीको महाधिवेशन आज सकिँदै  दिउँसो ३ बजेसम्म अन्य पदाधिकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत चयन गरिने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। बिहीबार पार्टीका सम्मानित नेता झलनाथ खनालले अन्य पदाधिकारी र केन्द्रीय सदस्य पनि निवर्तमान सचिवालयले सहमतिमै टुङ्ग्याउने प्रस्ताव हलमा गरेका थिए।
मधेसका मुख्यमन्त्री सिंहले भोलि विश्वासको मत लिने, यस्तो छ अंकगणित
मधेसका मुख्यमन्त्री सिंहले भोलि विश्वासको मत लिने, यस्तो छ अंकगणित मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिने भएका छन्।सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। मधेस प्रदेश सभामा जनमत पार्टी चौथो ठूलो दल हो। सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको...
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बिहान सवा ११ बजेका लागि बोलाइएको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको ब्रिफिङ— सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन
मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको ब्रिफिङ— सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। 
सुदूरपश्चिमपछि लुम्बिनी सरकारबाट पनि बाहिरियो एमाले, मुख्यमन्त्री महरा अल्पमतमा
सुदूरपश्चिमपछि लुम्बिनी सरकारबाट पनि बाहिरियो एमाले, मुख्यमन्त्री महरा अल्पमतमा केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलपछि लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ। नेकपा एमालेले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। आज साँझ मुख्यमन्त्री महरालाई एमालेले उनको निवासमा भेटेर समर्थन फिर्ता लिएको जानकारी दिएको हो। साथै एमालेबाट सरकारमा सामेल भएका मन्त्रीहरुले समेत राजीनामा दिएका छन्। 
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २२ गते विश्वासको मत लिने भएका छन्।सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले आगामी शनिबार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्। 
सुदूरपश्चिममा सरकारबाट बाहिरिँदै एमालेले फिर्ता लियो समर्थन
सुदूरपश्चिममा सरकारबाट बाहिरिँदै एमालेले फिर्ता लियो समर्थन केन्द्रमा सत्ता समीकरण फेरिएसँगै सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बिहीबार एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट समेत बाहिरिएको जानकारी गराएका हुन्। मुख्यमन्त्री दीर्घ सोडारी काठमाडौं रहेका कारण उनलाई फोन गरेर जानकारी गराउँदै सचिवालयमा पत्र बुझाएका हुन्। 
एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मतः अध्यक्षमा नेपाल, महासचिवमा घनश्याम नै दोहोरिए
एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मतः अध्यक्षमा नेपाल, महासचिवमा घनश्याम नै दोहोरिए नेकपा एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गरेको छ। अध्यक्षमा माधवकुमार नेपाल नै दोहोरिएका छन्। त्यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल नै दोहोरिएका हुन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको महाधिवेशनमा तीन जनाको नाम सर्र्वसम्मत भएको जानकारी गराइएको हो। उनीहरुको नाम सर्वसम्मत बनाउने घोषणपछि देशभरबाट आएका प्रतिनिधिहरुले अनुमोदन गरेका हुन्। 
मुकुलको प्रतिवेदनः गगनलाई चुनाव हराउने रास्वपाको त्यो रणनीति [पूर्णपाठ]
मुकुलको प्रतिवेदनः गगनलाई चुनाव हराउने रास्वपाको त्यो रणनीति [पूर्णपाठ] पछिल्लो समय चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदन सार्वजनिक भएको छ। ढकालले देशका विभिन्न ३८ जिल्लामा पुगेर तयार पारेको प्रतिवेदन बुधबार बसेको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको थियो। प्रतिवेदन सार्वजनिक गर्दा प्रत्यक्ष प्रशारण गर्न माग मुकुलले राखे पनि पार्टीले त्यसलाई अस्वीकार गरेपछि हिजोको बैठकमा उनी...
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीनवटा समिति गठन गरेको छ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले जानकारी दिए।
Weather Update