एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मतः अध्यक्षमा नेपाल, महासचिवमा घनश्याम नै दोहोरिए

काठमाडौं— नेकपा एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गरेको छ।
अध्यक्षमा माधवकुमार नेपाल नै दोहोरिएका छन्। त्यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल नै दोहोरिएका हुन्।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको महाधिवेशनमा तीन जनाको नाम सर्र्वसम्मत भएको जानकारी गराइएको हो। उनीहरुको नाम सर्वसम्मत बनाउने घोषणपछि देशभरबाट आएका प्रतिनिधिहरुले अनुमोदन गरेका हुन्।
असार १६ गतेदेखि असार २० गते अर्थात् आजसम्म एकीकृत समाजवादीले १०औँ राष्ट्रिय महाधिवेशन गरेको हो।
यसअघि घनश्यामले अध्यक्षमा दाबी गर्दै आएका थिए तर अन्तिममा सर्वसम्मत नेतृत्व चयन भएको हो।
अन्य पदाधिकारीसहित सदस्यहरुको नाम भने भोलि मात्र सुनाइने बताइएको छ।
२१ पदाधिकारीसहित २९९ जनाको केन्द्रीय कमिटी बनाउने एकीकृत समाजवादीको तयारी रहेको छ।
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१ १८:१३