News Griha :: न्यूजगृह
मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको ब्रिफिङ— सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। 

प्रधानमन्त्रीको ब्रिफिङ सुनाउँदै उनले भनिन्, 'सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन। संवैधानिक प्रावधानअनुसार संसद् फेस गर्नुहुन्छ। राजीनामा दिने त्यस्तो केही कुरा छैन।'

उनले संसदबाट विश्वासको मत लिने मिति तय नभए पनि सकेसम्म छिट्टै विश्वास मत लिने बताइन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  २०:४०
राजनीति
Weather Update