News Griha :: न्यूजगृह
मधेसका मुख्यमन्त्री सिंहले भोलि विश्वासको मत लिने, यस्तो छ अंकगणित

काठमाडौं— मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिने भएका छन्।

सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। मधेस प्रदेश सभामा जनमत पार्टी चौथो ठूलो दल हो। सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो।

१०७ सदस्य रहेको मधेस प्रदेशसभामा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ प्रदेशसभा सदस्य छन्। साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक सदस्य छन्।

संघमा अब बन्न लागेको कांग्रेस–एमालेसहितले  सिंहलाई विश्वासको मत दिने अनुमान गरिएको छ।  

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १०:५६
Weather Update