News Griha :: न्यूजगृह
मुकुलको प्रतिवेदनः गगनलाई चुनाव हराउने रास्वपाको त्यो रणनीति [पूर्णपाठ]

काठमाडौं— पछिल्लो समय चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदन सार्वजनिक भएको छ। 

ढकालले देशका विभिन्न ३८ जिल्लामा पुगेर तयार पारेको प्रतिवेदन बुधबार बसेको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको थियो। प्रतिवेदन सार्वजनिक गर्दा प्रत्यक्ष प्रशारण गर्न माग मुकुलले राखे पनि पार्टीले त्यसलाई अस्वीकार गरेपछि हिजोको बैठकमा उनी मुखमा टेप लगाएर बसेका थिए। 

उनको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै उनलाई पार्टीले निलम्बन समेत गरेको छ। 

सार्वजनिक ३२ पेजको प्रतिवेदनमा उनले पार्टीभित्रका कमिकमजोरीलाई केलाएका मात्र छैनन् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको राजनीतिलाई नै विराम लगाउने कुरा उल्लेख गरेका छन्।

उनको प्रतिवेदनमा ०७९ साल मंसिरमा सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा गगन थापालाई हराउन सशक्त उम्मेदवार उठाएर हराइदिने रणनीति बनाएको खुलाएका छन्। तर उक्त रणनीति फेरिएर गगनलाई जित्न सहज बनाइदिएको र त्यसको बदलामा गगनले रास्वपाका अन्य उम्मेदवारलाई जित्न सहज बनाएको समेत बताएका छन्। 

‘मंसिरको चुनावका बेला गगन थापाका विरुद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीँ विराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौँ, त्यसले आज हामीलाई नै चोट पुर्‍याएको छ। हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा दुई सिट नाफा हुन पुग्यो। नतिजाले काठमाडौं ४ पनि हामीले जित्ने देखाएकाले, गगनसँगको सहकार्यले हामीलाई न तत्कालिक फाइदा दियो, न अहिले फाइदा भयो। गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्नपर्ने हुन्छ,’ उनले प्रतिवेदनको उल्लेख गरेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:१४
राजनीति
Weather Update