News Griha :: न्यूजगृह
समर्थन फिर्तासहित बागमती सरकारबाट बाहिरिँदै एमाले
फाइल तस्बिर।

हेटौंडा— नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन फिर्ता लिन लागेको संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समर्थन फिर्तासहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउने उनले बताए।

बागमतीमा एमालेबाट पाँच जना मन्त्री छन्। नेता थपलियासहित रामेश्वर श्रेष्ठ, केशव पोख्रेल, एकलाल श्रेष्ठ र प्रकाश श्रेष्ठ मन्त्री छन्। 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १२:१७
Weather Update