News Griha :: न्यूजगृह
मुकुल ढकाललाई बर्खास्त गर्ने रास्वपाको तयारी

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा मुकुल ढकाललाई बर्खास्त गर्ने तयारी गरेको छ। 

पार्टी अनुशासनभन्दा बाहिर रहेर बोलेको भन्दै रास्वपाले ढकाललाई कारबाही गर्न लागेको हो।

आजै केहीबेरअघि स्थगित भएको केन्द्रिय समिति बैठक सुरु भएको छैन। सो बैठकबाट महामन्त्री ढकाललाई कारबाही गर्ने तयारी रास्वपाले गरेको हो। 

जसका लागि अहिले पार्टीका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ। 

‘उहाँले अहिले बैठकबाट निस्किएर पार्टी विपरित झनै धेरै कुराहरू बोल्नुभयो, अनुशासन विभागले अब कारबाही नगरी हुँदैन भन्ने निष्कर्ष निकालेको छ,’ स्रोतले भन्यो।  

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २१:२५
Weather Update