News Griha :: न्यूजगृह
लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने

काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नयाँ बन्ने कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ। 

आज बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा पदाधिकारी बैठकले सो निर्णय गरेको हो। 

बैठकपछि बोल्दै लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लाले लोसपाले नयाँ बन्ने कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय भएको जानकारी दिए। 

संविधान संशोधनसहितको एजेण्डा कांग्रेस–एमालेले गर्ने सहमति बाहिरिएको भन्दै नयाँ समीकरणलाई स्वीकार गरेर जाने उनको धारणा रहेको छ।  

बैठकपछि उनले भने, ‘हामीसँग सरकारमा जाने नजाने भन्ने विषयमा औपचारिक छलफल कांग्रेस एमालेले गरेको छैन। तर, संविधान संशोधनसहितको मुद्दा अघि सारेकाले हामीले समर्थन गर्ने निर्णय गरेका हौँ।’

त्यसैगरी आजको बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलबारे ‘ब्रिफिङ’ गरेका थिए। 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १७:१०
Weather Update