News Griha :: न्यूजगृह
सामूहिक राजीनामा दिन बालकोटबाट एमालेका मन्त्रीहरु बालुवाटारमा 

काठमाडौं— सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिँदैछन्। 

बुधबार अपरान्ह अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलपछि एमालेबाट सरकारमा सामेल मन्त्रीहरु अहिले बालकोटबाट बालुवाटार जाँदैछन्। 

सामूहिक राजीनामा दिन आफूहरु बालुवाटार जाँदै गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले न्यूजगृहलाई जानकारी दिए। 

‘हामी बालकोटमा छलफलपछि बालुवाटार जाँदैछौँ,’ उनले न्यूजगृहसँग भने। 

सोमबार राति एमाले–कांग्रेसको सहमति अनुसार नयाँ सरकार गठनको तयारी भइरहेको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गरेको थियो। आजसम्म मार्ग प्रशस्त गर्न भने पनि प्रचण्डले चासो नदेखाएपछि आजै समर्थन फिर्ता लिँदै मन्त्रीहरुले सामूहिक राजीनामा दिन लागेका हुन्। 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १९:५५
Weather Update