News Griha :: न्यूजगृह
कसरी चयन हुनेछ एकीकृत समाजवादीको केन्द्रीय कमिटी? 

काठमाडौं— नेकपा एकीकृत समाजवादीले जारी १०औँ राष्ट्रिय महाधिवेशनको अनुशासन र लेखापरीक्षण कमिटी निर्वाचन निर्देशिका–२०८१ सार्वजनिक गरेको छ। 

आइतबारबाट कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको सार्वजनिक निर्र्देशिका अनुसार प्रत्येक जिल्लाबाट एक–एक जना केन्द्रीय कमिटीमा अटाउनेछन्। 

त्यस्तै प्रदेश अन्तर्गतका २५ सय संगठित पार्टी सदस्य बराबर १ जनाका दरले संख्या थप हुने उल्लेख गरिएको छ। साथै समावेशी क्षेत्रबाट (महिल, आदीवासी जनजाती, दलित, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक र अपाङ्गता) ७० जना चयन हुनेछन्। 

त्यसैगरी महिला लगायतका सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५ देखी ४५ वर्ष उमेर समूहलाई आरक्षणको व्यवस्था गरेको जनाइएको छ। 

असार १६ गतेबाट सुरु भएको एसको राष्ट्रिय महाधिवेशन असार २० गते बिहीबारसम्म चल्नेछ। जारी महाधिवेशनबाट सहमतिमा नेतृत्व चयनको समेत प्रयास भइरहेको छ। 

एकीकृत समाजवादीले २१ जना पदाधिकारीसहित २९९ जनाको केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १४:५१
Weather Update