News Griha :: न्यूजगृह
भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं— फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ। 

बिहीबार  राष्ट्रपति रामचन्द्र पौडेलले भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।  

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:१९
Weather Update