News Griha :: न्यूजगृह
रास्वपाको कार्यवाहक महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ।

बुधबार महामन्त्री डा मुकुल ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी बुर्लाकोटीलाई दिइएको हो।

त्यस्तै, कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई तोकिएको छ। पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको छ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०७:३७
Weather Update