-1719747468.jpg)
काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मतिबाटै नेतृत्व चयन हुने बताएका छन्।
बिहीबार दिउँसो पार्टीका शीर्ष नेताहरुसँग एक होटेलमा छलफलपछि बाहिरिने क्रममा अध्यक्ष नेपालले त्यस्तो प्रतिक्रिया दिएका हुन्।
‘छलफल चल्दैछ, सर्वसम्मत नेतृत्व चयन हुँदैछ,’ नेपालले भने।
त्यस्तै पहिलो महाधिवेशन हुन लागेकाले आफू स्वभाविक रुपमा दोहोरिने प्रतिक्रिया नेपालको थियो।
हजुर नै दोहोरिनुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘माधव नेपाल दोहोरिने होइन कि, पहिलो महाधिवेशन हुँदैछ,’ उनले भने।
त्यसो त गत आइतबारबाट कमलादीमा जारी एकीकृत समाजवादीको महाधिवेशन आजबाट सकिँदैछ। नेतृत्वका लागि पार्टी महासचिव घनश्याम भुसाल अघि सरेका छन्। तर उनलार्ई उचित वरियतासहितको पद दिएर सर्वसम्मत नेतृत्व चयन गर्र्ने तयारी एकीकृत समाजवादीको रहेको छ।
एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ जनाको केन्द्रीय समिति चयन गर्दैछ।













