News Griha :: न्यूजगृह
महाधिवेशन बहिष्कार गरेका प्रेम आलेले भने– 'माधव नेपालको पार्टीमा म छैन'

काठमाडौं— नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू पार्टीमा नरहेको बताएका छन् ।

महाधिवेशनमा समेत उपस्थित नरहेका आलेले आफू पार्टीमा सक्रिय नरहेको जानकारी दिएका हुन् । असार १६ गतेदेखि सुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने जनाए ।

उनले भने, 'मैले संसदीय दलको बैठकमा अध्यक्ष माधव कुमार नेपालकै अगाडि म तपाइको पार्टीमा रहँदिन भनेको थिए । त्यो पार्टीमा रहन्न, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु । अन्य पार्टीमा जाने बारे अहिले सोचेको छैन ।'

आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरू पदाधिकारी रहेको बताए । उनले भने, 'म त तीन पटक लगातार निर्वाचित सांसद हुँ ।'

नेकपा एकीकृत समाजवादीले आज सार्वजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम समावेश गरिएको छैन । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १६:५५
राजनीति
Weather Update