News Griha :: न्यूजगृह
राष्ट्रिय सभाबाट बजेट सर्वसम्मतिले पारित

काठमाडौं— राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि सङ्घीय संसद्को संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए ।

जसलाई प्रतिनिधि सभाले असार ११ गते पारित गरेको थियो । शुक्रबार राष्ट्रिय सभाले पनि पारित गरेको हो ।

rastriya-sava-12-1720169961.jpgसभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि हुन्न भनेनन् । प्रतिपक्षी बेन्चमा रहेका कांग्रेससहितका सांसद मौन रहेपछि बजेट सर्वसम्मत पारित भएको हो ।

नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेले सत्ता सहकार्यको सहमति गरिसकेका छन् । यो बजेट ल्याउँदा एमाले सरकारमै थियो । त्यसैले पनि बजेट निर्णयार्थ पेस हुँदा कसैले पनि हुन्न भनेनन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १४:४४
राजनीति
Weather Update