
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई भेटेका छन्। शनिबार बिहान उनीहरूबीच बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको हो।
नेता कोइराला निकट स्रोतका अनुसार, बिहान साढे सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता सुरु भएको थियो।
करिब एक घण्टा प्रचण्डसँग छलफल गरेर कोइराला साढे ८ बजेतिर बालुवाटारबाट बाहिरिएका थिए।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले बताएको छ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहयात्रा गर्ने समझदारी बनेका बेलामा भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।
यद्यपि भेटघाटका विषयहरू भने खुलाइएको छैन। प्रधानमन्त्रीको सचिवालयले यो भेटबारे जानकारी दिन खोजेको छैन।
प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिँदैछन्। कोइरालाले हिजो मात्रै नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी हुनसक्ने अवस्था नरहेको बताएका थिए।