News Griha :: न्यूजगृह
अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिने
फाइल तस्बिर।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वास मत लिने भएका छन्। प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्।

‘प्रधानमन्त्रीज्यूले यही असार २८ गतेको संसद् बैठकमा विश्वास मत लिने तयारी गर्नुभएको छ,' प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो।

नेकपा एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ। ती मन्त्रालय प्रधानमन्त्री प्रचण्डले हेर्ने गरी जिम्मेवारी तोकिएको छ। साथै एमालेले शुक्रबार सङ्घीय संसद् सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आफूहरू प्रतिपक्षमा बस्ने जानकारी दिएको छ

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो।

अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले भने आफूले संसद् फेस गर्ने बताइरहेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १४:५२
राजनीति
Weather Update