News Griha :: न्यूजगृह
जनता समाजवादी पार्टीका मन्त्रीहरूले बुझाए राजीनामा

काठमाडौं— जनता समाजवादी पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र वन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडीले राजीनामा दिएका छन् । 

शुक्रबार पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव र सुडीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन् ।

सो पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता अशोक राईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी गराएका थिए ।

यसअघि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

एमालेले असार १७ मा कांग्रेससँग मिलेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने र संविधान संशोधन लगायतका विषयमा सहमति गरेर अगाडि बढ्ने निर्णय लिएको थियो । त्यसयता कांग्रेस र एमालेले प्रधानमन्त्री दाहालको राजीनामा माग्दै आएका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २०:४६
राजनीति
Weather Update