रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आइतबार बस्ने भएको छ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसद्को बाँकी कामकारबाहीका विषयमा छलफल केन्द्रित सचेतक निशा डाँगीले जानकारी दिइन्।
‘संसद्मा बजेट अधिवेशन सकिएका छ। अन्य विधेयकको तयारीका विषयमा बैठकमा छलफल गर्नेछौँ,’ प्रमुख सचेतक सन्तोष परियारले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा पनि उक्त बैठकमा छलफल हुनेछ।’
प्रकाशित मिति: शनिबार, असार २२, २०८१ १८:२८