संसद्मा बदलियो एमालेको आसन

काठमाडौं— नेकपा एमालेले संसद्मा आफ्नो सिट बदलेको छ।
प्रधानमन्त्री पुष्पकमकल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि एमाले सत्तापक्षबाट प्रतिपक्षमा बसेको हो।
यसअघि सत्तापक्षको कुर्सीमा बस्दै आइरहेको एमाले आइतबार (आज) बसेको संसद् बैठकमा भने प्रतिपक्षीको कुर्सीमा बसेको हो।
गत असार १७ गते सोमबार राति एमाले र कांग्रेसबीच नयाँ समीकरणसहितको सरकार बनाउने सहमति भएको छ। सोही अनुसार सरकार निर्माणको तयारीमा रहेका छन्।
यता प्रधानमन्त्रीले भने अल्मतमा परे पनि आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।
प्रकाशित मिति: आइतबार, असार २३, २०८१ १३:०२