News Griha :: न्यूजगृह
एमालेको संसदीय दलको बैठक बस्दै
फाइल ।

काठमाडौं— नेकपा एमालेको संसदीय दलको बैठक आइतबार बस्दै छ। बैठक आज बिहान १० बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ। 

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने नेताहरुले बताएका छन्।

नेपाली कांग्रेससँग भएको सहमतिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि संसदीय दलको बैठक बस्न लागेको हो।
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०८:४९
Weather Update