News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिन प्रदेश इन्चार्ज र सचिवसँग माग्यो नाम 

काठमाडौं— नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिन प्रदेश इन्चार्ज र सचिवहरुसँग नाम माग गरेको छ।

आज बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

उनका अनुसार केही समयका लागि यसअघि प्रदेश इन्चार्ज भएकाहरुलाई यथावत राख्ने निर्णय गरेको छ। 

‘बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि प्रदेशका यस भन्दा पहिला इन्चार्ज भएकाहरुलाई यथावत गरेका छौँ अन्तरिम व्यवस्थाका लागि। प्रदेशका इन्चार्ज र सचिवहरु र यो केन्द्रीय कमिटीमा भएका सदस्यहरुको परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गर्न केन्द्रीय सदस्यहरुमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्नका निम्ति जिम्मेवारी प्रदान गरिएको छ,’ उनले बैठकपछि सञ्चारकर्मीहरुसँग भने। 

त्यस्तै सबै प्रदेशबाट आाएको नामका विषयमा भने केन्द्रीय कमिटीले निर्णय गर्ने उनले बताए। 

असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा चलेको एसको महाधिवेशनले अध्यक्षसहित ३ पदाधिकारी मात्रै छनोट गरेको छ। अध्यक्षमा माधवकुमार नेपालसहित सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललार्ई दोहोर्याएको हो। त्यसो त आगामी १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी एकीकृत समाजवादीको रहेको उनले बताए। 

एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय   केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:३४
समसामयिक
Weather Update