News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। 

संघीय संसद्को दुवै सदनबाट पारित भएको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्। 

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको जनाएको छ। 

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको देहाय बमोजिम (लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाइ संशोधन गर्न बनेको विधेयक) को नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १८:१०
Weather Update