News Griha :: न्यूजगृह
असार २८ पछि सत्ता समीकरण फेर्ने तयारीमा कोशीका मुख्यमन्त्री कार्की

काठमाडौं— केन्द्रमा नयाँ सत्ता समीकरण बन्ने भएसँगै त्यसको असर प्रदेशहरुमा देखिन थालेको छ। 

गत असार १७ गते एमाले र नेपाली कांग्रेस मिलेर नयाँ समीकरण बनाएर जाने सहमति गरेसँगै त्यसको असर प्रदेशमा देखिन थालेको हो। 

केही प्रदेशहरुमा नयाँ समीकरण अनुसार सरकार बन्ने देखिन्छ, भने केही प्रदेशहरुमा सरकारको सत्ता साझेदार फेरिने देखिन्छ। 

नेकपा एमालेले नेतृत्व गरिरहेको कोशी प्रदेशमा भने सरकारका लागि सत्ता साझेदार दल फेरिने देखिएको छ। गत वैशाख २७ गते मुख्यमन्त्री बनेका एमालेका हिक्मतकुमार कार्की। माओवादीसहितको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले आफूहरु नयाँ सत्ता समीकरण अनुसार आफूहरु अघि बढ्ने तयारी रहेको बताएका छन्।  

सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूहरु केन्द्रमा असार २८ गतेपछि नयाँ सरकार बन्ने र आफूहरु सोही अनुसार अघि बढ्ने प्रतिक्रिया दिए। 

उनले भने, ‘अब असार २८ गतेपछि केन्द्रमा नयाँ समीकरण अनुसारको सरकार बन्छ। त्यसको सकारात्मक नकारात्मक दुवै असरहरु सबै प्रदेशहरुमा परिनै हाल्छ। स्वभाविक रुपमा कोही हट्नुपर्छ, कोही थपिनुपर्छश्र कोही व्यक्ति मुख्यमन्त्री मन्त्री बन्नकै लागि जन्मिएका होइनौँ। त्यसमा मै हुनुपर्छ भन्ने पनि हुँदैन कसैको पनि। आवश्यक पर्दा छोड्न र जिम्मा लिन तयार हुनुहुन्छ। जिम्मा लिन तयार छौँ हामी। हाम्रो केन्द्रमा सत्ता समीकरणको साझेदार दल नेपाली कांग्रेससँग पनि हाम्रो राजनीतिक परामर्श, छलफल चलिरहेको छ। उहाँहरुले पनि हामीलाई केही कुरा आएको छैन भर्खर मात्रै यो प्रक्रियामा प्रवेश गर्न खोज्दैछौँ भन्नुभएको छ। यता नेकपा माओवादी पनि हामीलाई केही कुरा आइराखेको छैन, के छ तपाईँहरुको भनेर मलाई सोध्नुभएको छ। हामी छलफल गरेर अघि बढ्छौँ।’ 

जसअनुसार अहिले सत्तामा रहेको माओवादी केन्द्र प्रतिपक्षमा जाने र प्रतिपक्षमा रहेको कांग्रेस लगायत दलहरु सत्तामा जाने देखिन्छ।  

अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिँदैछन्। प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेमा नयाँ समीकरण अनुसार सरकार बनाउने तयारीमा प्रदेशहरु रहेका छन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १८:३२
Weather Update