News Griha :: न्यूजगृह
प्रेम सुवालको टिप्पणी– सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भयो 

काठमाडौं— नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले अहिलेसम्म बनेका सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन्। 

सोमबार बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद सुवालले सो कुरा बताएका हुन्।  

उनले राजनीतिक स्वार्थका आधारमा बनेका र बन्न लागेका समीकरणले देशलाई कँही नपुर्याउने भन्दै कटाक्ष गरे।  

‘अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भयो,’ उनले भने। 

त्यस्तै गत असार १७ गते राति कांग्रेस–एमालेबीच भएको सत्ता समीकरणबारे टिप्पणी गरे। उनले कांग्रेस–एमालेबीचको सत्ता समीकरण विदेशी दलालको घरमा बसेर बनाएको टिप्पणी गरे। 

‘नयाँ सत्ता समीकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो? सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला,’ सुवालले भने। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १६:०१
Weather Update