News Griha :: न्यूजगृह
संख्यामा खुम्चिँदै प्रधानमन्त्री प्रचण्ड, राप्रपाले पनि विश्वासको मत नदिने 

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। 

आज बसेकोे पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो। 

बैठकपछि बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए। उनका अनुसार नयाँ सरकारमा सामेल हुने विषयमा पार्टीले पछि निर्णय गर्नेछ। 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन्। सत्ता समीकरणमा आएको फेरबदलपछि एमाले लगायतका दलहरुले समर्थन फिर्ता लिएसँगै प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। 

यसअघि नै एमाले, कांग्रेस, अशोक राई नेतृत्वको जसपाले समेत प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्। 

एमाले–कांग्रेस मिलेर नयाँ सरकार गठन गर्ने भएसँगै उनी संख्यात्मक हिसावले खुम्चिँदै गएका छन्। प्रचण्डले विश्वासको मत लिने प्रक्रिया सकिएपछि नयाँ सरकार गर्ने तयारीमा एमाले–कांग्रेस रहेका छन्। 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १७:२४
Weather Update