नयाँ सरकार गठनबारे कांग्रेस–एमाले नेताहरु छलफलमा

काठमाडौं— पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि एमाले–कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।
केहीबेरअघिबाट संघीय संसद् भवनस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा नेताहरु जुटेका हुन्।
एमालेका तर्फबाट अध्यक्ष ओलीसहित दोस्रो तहका नेताहरुको सहभागिता रहेको छ भने कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहितका दोस्रो तहका नेताहरुको सहभागिता रहेको छ।
आज प्रचण्डले विश्वासको मत नपाएपछि नयाँ सरकार गठन सन्दर्भमा छलफलका लागि नेताहरु जुटेका हुन्।
यसअघि नै कांग्रेस–एमालेबीच नयाँ सरकार बनाउने सहमति भइसकेको छ। संभवत आजै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्र्ने स्रोतको दाबी छ। राष्ट्रपति पौडेलले नयाँ सरकार गठनबारे कानुनी परामर्शका लागि कानुनविद्हरुलाई शीतल निवास बोलाएका छन्।
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ १८:२१