News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलले गरे कानुनविद्हरूसँग परामर्श

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग परामर्श  गरेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा उनले संविधान तथा कानुनविद्हरूसँग परामर्श गरेका हुन्।

सो छलफलमा कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सीताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 

राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसारको प्रचण्ड नेतृत्वको सरकार ढलेपछि अब सोही धारा वा ७६(३) बमोजिम सरकार गठन गर्ने भन्ने विषयमा परामर्श गरेका हुन्। सो क्रममा कानुनविद्हरुले ७६(२) बमोजिम सरकार बन्न सक्ने प्रतिक्रिया दिएको बताइएकोृ छ। 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १९:५२
Weather Update