News Griha :: न्यूजगृह
प्रधानमन्त्रीमा दाबी गर्न शीतल निवास जाँदै कांग्रेस-एमाले नेताहरू

काठमाडौं— नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति भवन शीतलनिवास जाँदैछन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार केहीबेरमा नेताहरू शीतल निवास पुग्‍ने तयारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका छन् ।

कांग्रेस-एमालेले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २१:२३
Weather Update