News Griha :: न्यूजगृह
सङ्घीय संसद्‌का दुवै सदनको बैठक सर्‍यो

काठमाडौं— प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ।

आइतबार दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले शनिबार सूचनामार्फत जानकारी गराएको छ । 

यसैगरी आइतबार दिउँसो १:१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक पनि सोमबार बिहान ११:३० बजे बस्नेगरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ। 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १७:५०
Weather Update