News Griha :: न्यूजगृह
सरकार नभएपछि सङ्घीय संसद्का दुवै बैठक भोलिका लागि सारियो

काठमाडौं— नयाँ सरकार बनिनसकेकाले आजका लागि तोकिएका सङ्घीय संसद्को बैठक सारिएको छ।

नयाँ सरकार गठन आज मात्रै हुने भएकाले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भोलिलाई सारिएको हो।

आज दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक विशेष कारणले भोलि दिउँसो १ बजे बस्नेगरी निर्धारण भएको छ।

त्यस्तै आजै दिउँसो सवा १ बजे तय भएको राष्ट्रिय सभाको बैठक पनि भोलि बिहान साढे ११ बजे बस्नेगरी तय गरिएको सङ्घीय संसद् सचिवालयले सूचना मार्फत जानकारी गराएको छ।   

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०७:३८
Weather Update