सरकारले मिटर ब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउनेमंगलबार, चैत १४, २०७९

हाम्रो पार्टीले तीन वटा मन्त्रालयमा दाबी गरेको छ : झलनाथ खनाल मंगलबार, चैत १४, २०७९ मंगलबार काठमाडौंको बानेश्वरमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अहिले संघीय संसद्मा नेकपा एकीकृत समाजवादीसँग १८ सिट रहेकाले पार्टीको हैसियत अनुसार नै मन्त्रालयको सिट माग गरिएको बताएका हुन् ।

मन्त्रालयको भागबन्डा गर्न बालुवाटारमा १० दलको बैठक सुरु मंगलबार, चैत १४, २०७९ बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।

योगेश भट्टराईले प्रचण्डलाई भने ‘धोके बाज हौ तिमी’ मंगलबार, चैत १४, २०७९ मुगुमा मंगलबार पत्रकारसँग उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेलाई दिने सहमति भएको दाबी गरे ।

मन्त्रीको नाम पेस गर्न कार्यदललाई नेकपा एसको निर्देशन मंगलबार, चैत १४, २०७९ पार्टी केन्द्रीय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव तत्काल पेस गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ युवा धरौटीमा रिहा मंगलबार, चैत १४, २०७९ प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिएता पनि धरौटी रकम नबुझाएका कारण सोमबार उनीहरूलाई कारागार चलान गरिएको थियो ।

सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद् गतिहीन हुन्छ : एमाले सचेतक बर्ताैला मंगलबार, चैत १४, २०७९ उनले सभामुखले कार्य व्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसद्को प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताए । त्यसो भएमा संसदीय मूल्य, मान्यता र गरिमा नरहने उनको भनाइ छ ।

गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न पाइँदैन : महामन्त्री शर्मा मंगलबार, चैत १४, २०७९ सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने भन्दै अविलम्ब रिहा गर्न माग गरेका हुन् ।

जनताले चाहेमा अर्को पार्टी खोल्छु : एमाले नेता रावल मंगलबार, चैत १४, २०७९ पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले पार्टीबाट किनारा लगाएको अवस्थामा जनताको चाहनाअनुसार अघि बढ्ने बताए । उनले जनताले नयाँ पार्टी खोल्न सुझाव दिए त्यसैअनुसार अघि बढ्न सकिने समेत बताए ।

सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्न नेकपा एसको सचिवालय बैठक सुरु मंगलबार, चैत १४, २०७९ नेकपा एसले तीन मन्त्रालयसहित सात प्रदेशमध्ये एक प्रदेशमा आफ्नो नेतृत्व हुनुपर्ने दाबी गर्दै आइरहेको छ । मंगलबार बिहान एकीकृत समाजवादीका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग बालुवाटारमा भेटवार्ता समेत गरेका थिए ।

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेन्डा मंगलबार, चैत १४, २०७९ सत्ता गठबन्धनको बैठक आज बस्दै छ । दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल हुने बताइएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।

‘मिसन ग्रासरुट अभियान’ को समीक्षा गर्दै एमाले सोमबार, चैत १३, २०७९

मधेसका ४ दलले गरे मोर्चा गठन सोमबार, चैत १३, २०७९ मधेस केन्द्रित साना दलहरूले आपसी सहकार्य गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन् । आज जनकपुरधाममा पत्रकार सम्मेलनको गरी तराई–मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले मोर्चा गठन गरी आफ्नो ११ बुँदे साझा अवधारणा पत्र सार्वजनिक गरे ।









