News Griha :: न्यूजगृह
मन्त्रालयको भागबन्डा गर्न बालुवाटारमा १० दलको बैठक सुरु
तस्बिरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालय

काठमाडौं— सत्ता गठबन्धनमा आबद्ध रहेका १० दलको बैठक बालुवाटारमा सुरु भएको छ ।

मन्त्रीपरिषद् बिस्तारका विषयमा छलफल गर्न बैठक केही समय पहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । उक्त बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । 

प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार तथा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार प्रधानमन्त्री प्रचण्डले बुधबार मन्त्रीहरूको शपथग्रहण गर्नेगरी तयारी गरेका छन् ।

Gathabandhan @ Baluwatar1680003368.png

तर गठबन्धनभित्रैको भागबन्डा टुंगिनसकेका कारण यसै भन्न सकिने अवस्था भने छैन ।

गत पुस १० गते बनेको गठबन्धनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएपछि एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएका थिए । त्यसपछि १६ मन्त्रालय कांग्रेस, एकीकृत समाजवादी, जसपा र लोसपा लगायतका दललाई दिएर सरकारमा समेट्ने गठबन्धनको तयारी छ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १७:१४
Weather Update