राजनीति
सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेन्डा

काठमाडौं— सत्ता गठबन्धनको बैठक आज बस्दै छ । दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल हुने बताइएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।
सो भेटवार्तामा मंगलबार दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो । आजको बैठकबाट मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने नेताहरूको तयारी छ ।
दोस्रोपटक विश्वास प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले यही चैत्र १० गतेसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । तर मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ ०६:२३













