News Griha :: न्यूजगृह
सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्न नेकपा एसको सचिवालय बैठक सुरु

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा मंगलबार अपरान्ह १२ करिब बजे बैठक सुरु भएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कसलाई सहभागी गराउने लगायतका समसामयिक राजनीतिक विषयवस्तुमा बैठकमा छलफल हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा एसले तीन मन्त्रालयसहित सात प्रदेशमध्ये एक प्रदेशमा आफ्नो नेतृत्व हुनुपर्ने दाबी गर्दै आइरहेको छ । मंगलबार बिहान एकीकृत समाजवादीका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग बालुवाटारमा भेटवार्ता समेत गरेका थिए ।

मन्त्रीपरिषद् बिस्तारका सम्बन्धमा सत्तारुढ १० दलको बैठक आज ४ बजे बस्दै छ । उक्त बैठकमा सत्तारुढ दलबाट सहभागी मन्त्रीहरूको विषयमा छलफल गर्ने तयारी छ । 

सत्तारुढ दलहरूबिच भागबन्डा नमिल्दा मन्त्रिमण्डल बिस्तार हुन सकेको छैन । आज दलहरूबिच सहमति हुन सकेको खण्डमा बुधबार मन्त्रीपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी रहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १२:२५
Weather Update