योगेश भट्टराईले प्रचण्डलाई भने ‘धोके बाज हौ तिमी’

मुगु— नेकपा एमाले सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका दिएको बताएका छन् ।
मुगुमा मंगलबार पत्रकारसँग उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेलाई दिने सहमति भएको दाबी गरे । १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउने सहमति भए पनि माओवादी केन्द्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले एमालेलाई धोका दिएको उनको आरोप छ ।
गायिका एलिना चौहानले ‘धोके बाज हौ तिमी, धोक बाज हौ तिमी’ गीत पनि प्रधानमन्त्री प्रचण्डकै लागि गाए जस्तो भएको उनको टिप्पणी छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १६:४२













