News Griha :: न्यूजगृह
सरकारले मिटर ब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउने

काठमाडौं— सरकारले मिटर ब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने भएको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटर ब्याजलाई अपराध घोषणा गर्ने गरी मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । 

सरकारमा प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई उद्धृत गर्दै मन्त्री शर्माका प्रेस सल्लाहकार नरेन्द्र केसीले मिटर ब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १८:०९
Weather Update