प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि एमाले अध्यक्ष ओलीले भने– अहिलेसम्म त्यस्तै–त्यस्तै छशुक्रबार, वैशाख ८, २०८०

उपनिर्वाचन : प्रचारप्रसारमा रोक शुक्रबार, वैशाख ८, २०८० पर्सी आइतबार हुनगइरहेको उपनिर्वाचनका लागि आजबाट प्रचारप्रसार गर्न रोक लगाइएको छ । बिहीबार मध्यराति १२ बजेदेखि आइतबार (१० वैशाख) सम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

मन्त्री बनाउने आश्वासन बाँड्दै, भोट माग्दै बिहीबार, वैशाख ७, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ र चितवनमा बुधबार र बिहीबार चुनावीसभालाई सम्बोधन गर्दै गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई र जीतनारायण श्रेष्ठलेलाई चुनाव जिताएर पठाए मन्त्री बनाउने आश्वासन बाँड्दै भोट मागेका छन् । भट्टराई र श्रेष्ठ दुवै जना कांग्रेका नेता हुन् ।
आमसभामा रवि भन्छन्– म चितवनले रोपेको बिरुवा हुँ, मल हालिसक्नुभयो, यसपल्ट जल हाल्नुपर्नेछ बिहीबार, वैशाख ७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो न्यायका लागि नभएर देशको न्यायका लागि चितवन आएको बताएका छन् ।

अन्यायमा न्यायालय : १५ महिनादेखि कामुको भर, न्याय प्रशासनमाथि सरकारको खेलबाड बिहीबार, वैशाख ७, २०८० तीन महिनाभन्दा बढी सर्वोच्च अदालतको नेतृत्व रिक्त राख्न नहुने संवैधानिक व्यवस्था छ । सरकार र राजनीतिक दलहरूको अकर्मण्यताका कारण प्रधानन्यायाधीश नियुक्त हुन नसक्दा समग्र न्यायिक प्रक्रियामै असर परेको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणको समय निश्चित भएको छैन : मन्त्री शर्मा बिहीबार, वैशाख ७, २०८० ‘भारत सरकारसँग सम्बन्धित रहने योजना, जुन भारतसँग सहयोग लिनुपर्ने हुन्छ, तिनै योजना नै प्राथमिकतामा पर्ने हो । सीमासम्बन्धी समस्याका कुराहरू प्राथमिकतामा पर्नेछन्,’ उनले भनिन् ।

यी हुन् मङ्गलबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, वैशाख ७, २०८० सरकारले राष्ट्रिय सतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से : महामन्त्री शर्मा बिहीबार, वैशाख ७, २०८०

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार बिहीबार, वैशाख ७, २०८० कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरूले आजै सपथ ग्रहण गरेका छन् ।

स्वर्णिमले १० हजार मतान्तरले जित्छन् : रास्वपा बिहीबार, वैशाख ७, २०८० विभिन्न क्षेत्रबाट तनहुँको उपचुनावको सर्वेक्षण भइरहँदा रास्वपाले पनि आन्तरिक रूपमा सर्वेक्षण गरेको छ । रास्वपाको आन्तरिक सर्वेक्षणअनुसार स्वर्णिमले करिब १० हजार मतान्तरले तनहुँ १ मा उपचुनाव जित्दैछन् । पार्टीका अनुसार गोविन्द भट्टराई वाग्लेको निकटतम् प्रतिद्वन्दी हुनेछन् भने सर्वेन्द्र खनालसँगको मतान्तर अझै ठूलो हुनेछ ।

आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने बिहीबार, वैशाख ७, २०८० निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न/नगराउन आयोगले आग्रह गरेको छ ।

वारपारको राजनीतिक भिडन्तबारे तीन भाइले चितवनका जनतामार्फत केही सुनाउनु छ : लामिछाने बिहीबार, वैशाख ७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज चितवनमा विशाल आमसभा आयोजना गरेको छ । आइतबार हुने उपचुनावलाई लक्षित गर्दै रास्वपाले दिउँसो ३ बजे चितवनको गेष्ट हाउस चौरमा आमसभा गर्न लागेको हो ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिने बिहीबार, वैशाख ७, २०८० गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएका छन् ।








