News Griha :: न्यूजगृह
वारपारको राजनीतिक भिडन्तबारे तीन भाइले चितवनका जनतामार्फत केही सुनाउनु छ : लामिछाने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज चितवनमा विशाल आमसभा आयोजना गरेको छ । आइतबार हुने उपचुनावलाई लक्षित गर्दै रास्वपाले दिउँसो ३ बजे चितवनको गेष्ट हाउस चौरमा आमसभा गर्न लागेको हो ।

चितवन–२ का उम्मेदवार सभापति रवि लामिछानेले सारा राजनीतिक दल एकातिर र रास्वपा अर्कातिर भएकाले वारपारको राजनीतिक भिडन्त भएको बताए ।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘आजको सभा विशेष छ । सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर । यो वारपारको राजनीतिक भिडन्तबारे आज हामी तिनैभाइ (लामिछाने,डा.स्वर्णिम वाग्ले र रमेश खरेल) ले चितवनका जनतामार्फत सिङ्गो देशलाई केही सुनाउनु छ ।’

सभापति लामिछानेले आमजनताको उपस्थितिले विशेष अर्थ राख्ने बताएका छन् । आमसभालाई सभापति लामिछाने, तनहुँ–१ का उम्मेदवार डा.वाग्ले, बारा–२ का उम्मेदवार खरेललगायतले सम्बोधन गर्ने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०९:४३
Weather Update