
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बुधबार, वैशाख ६, २०८० सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक बुधबार दिउँसाे १ बजे बस्दै छ ।

संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुँदै बुधबार, वैशाख ६, २०८० संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

कांग्रेसले गर्याे कर्णालीमा तीन मन्त्रीको नाम सिफारिस बुधबार, वैशाख ६, २०८० नेपाली कांग्रेस प्रदेश सभा दलले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारका पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेको छ ।

नेसपाले चितवन र तनहुँमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने बुधबार, वैशाख ६, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) ले चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

तनहुँमा सत्तारुढ गठबन्धनको आमसभा, शीर्ष नेताहरू जाँदै बुधबार, वैशाख ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुँ जाँदैछन् ।

एमालेकाे लोकप्रियता कायमै छ : महासचिव पोखरेल मंगलबार, वैशाख ५, २०८० नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताएका छन् ।

हप्ता दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न आयोगको निर्देशन मंगलबार, वैशाख ५, २०८० निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारलाई हप्ता दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।

उपचुनावको मुखैमा कांग्रेसले गर्यो जोशी र कोइरालासहितको कारबाही फुकुवा मंगलबार, वैशाख ५, २०८० नेपाली कांग्रेसले (१० वैशाख) आइतबार हुने उपचुनावको मुखैमा पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र पूर्वकेन्द्रीय सदस्य दिनेश कोइरालाको कारबाही फुकुवा गरेको छ ।
हामी जुन गतिमा हिँडिरहेका छौँ त्यसले समृद्धिको लक्ष्य पूरा गर्न सक्दैन : गगन थापा मंगलबार, वैशाख ५, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताएका छन् ।

सुरक्षा निकायलाई राजनीतिक दबाबमुक्त बनाउने प्रतिबद्धता गरेका गृहमन्त्रीले पत्रकारहरूसँग अरु के–के भने ? मंगलबार, वैशाख ५, २०८० ‘ठूलाबडा, सम्पन्न, धनीमानी, पहुँच भएका शक्तिकेन्द्रमा जानसक्नेहरूको कुरा सुन्ने, तिनीहरूले भेटघाट पाउने तर गरिब, असहाय जनसाधारणले सम्पर्क गर्न पनि नपाउने स्थितिको फेरबदल गर्नुपर्छ,’ उनले भने, ‘सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबाबबाट मुक्त राखिनेछ । अवाञ्छित चलखेलबाट मुक्त राखिन्छ ।’

भूमिहीनलाई छिट्टै जग्गाधनी बनाउँछौ : मन्त्री श्रेष्ठ मंगलबार, वैशाख ५, २०८० प्रतिनिधि सभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले भूमिहीन नागरिकले जमिन पाउनुपर्ने र गाउँलाई सम्पन्न बनाउनैपर्ने बताइन् ।
सांसदहरूले केकस्ता मुद्दा उठाए ? मंगलबार, वैशाख ५, २०८० प्रतिनिधि सभाको आजको बैठकमा सांसद माधव सापकोटाले तातोपानी नाका खुल्ने निर्णय भए पनि अध्यागमन कार्यालय नभएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न माग गरे । उनले अध्यागमन कार्यालय नहुँदा एक अर्का देशका नागरिकले आवतजावत गर्न समस्या हुने भन्दै तत्काल कर्मचारी तथा आवश्यक अन्य स्रोतसाधनको प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।









