News Griha :: न्यूजगृह
नेसपाले चितवन र तनहुँमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) ले चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले ती क्षेत्रमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले जानकारी दिए ।

उक्त पार्टीले सम्बन्धित प्रदेश र क्षेत्रका पार्टी समितिलाई निर्वाचनमा परिचालित हुन निर्देशनसमेत दिएको छ ।

आइतबार चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।

सो निर्वाचनमा चिनवन क्षेत्र नं २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र तनहुँ क्षेत्र नं १ मा गोविन्द भट्टराई उम्मेदवार छन् । श्रेष्ठ र भट्टराई सत्ता गठबन्धनको साझा उम्मेदावार छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०६:३४
Weather Update