
काठमाडौं— नेपाली कांग्रेस प्रदेश सभा दलले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारका पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको कांग्रेस प्रदेश सभा दलको बैठकले यही २५ चैतमा नेकपा (एमाले) का आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा कांग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेमा आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णकुमार बिसी रहेको नेपाली कांग्रेस प्रदेश सभा दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।
सिंह जाजरकोट प्रदेश सभा (१) बिसी, दैलेख क्षेत्र नं १ (१) र पोखरेलले सुर्खेत क्षेत्र नं १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।













