एमालेकाे लोकप्रियता कायमै छ : महासचिव पोखरेल

सुर्खेत— नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताएका छन् ।
मंगलबार सुर्खेतमा सङ्गठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरुट) अभियानअन्तर्गत बृहत् कार्यकर्ता भेलामा उनले गठनबन्धन शक्तिसँगको चुनाव प्रतिस्पर्धामा एमालेले आफ्नो जनमत कमजोर नभएको पुष्टि गरेको जिकिर गरे ।
‘हामी एमालेलाई देशकै पहिलो पार्टी बनाएर राजनीतिमा स्थायित्व दिनका लागि दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हौँ । यसले मुलुकमा उत्साह र उमङ्ग ल्याएको छ,’ उनले भने ।
एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताका सरोकारका विषयलाई केन्द्रविन्दुमा राखेर पार्टी बलियो र पहिलो बनाउने अभियानमा लागिएको बताए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० २२:०५













