तनहुँमा सत्तारुढ गठबन्धनको आमसभा, शीर्ष नेताहरू जाँदै

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुँ जाँदैछन् । तनहुँ–१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन् ।
आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० ०६:२४













