यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरूबिहीबार, असार २८, २०८०

सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिन्छ : मन्त्री शर्मा बिहीबार, असार २८, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताएकी छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्री शर्माले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताइन् ।

संघीय निजामती सेवा ऐन छिट्टै ल्याउँछौँ : मन्त्री मोदी बिहीबार, असार २८, २०८० उनले भने, ‘संघीय निजामती सेवा ऐन चाँडै नै आउछ । कुनै किसिमको चिन्ता लिन पर्दैन, जसरी पनि ल्याउनेछौँ ।’ उनले उक्त ऐनमाथि धेरैपटक छलफल भएको भन्दै ऐन आउनेमा विश्वस्त हुन आग्रह गरे ।

जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता हो : मन्त्री किराती बिहीबार, असार २८, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताए ।

राजदूत नियुक्ति प्रक्रिया तत्काल टुंगिनेछ : परराष्ट्रमन्त्री साउद बिहीबार, असार २८, २०८० उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको जानकारी दिए । राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने उनको भनाइ छ । ‘यो प्रक्रिया तत्काल टुंगिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।

नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा अविचलित छ : परराष्ट्रमन्त्री साउद बिहीबार, असार २८, २०८० सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै साउदले नेपालको संविधानले तय गरेको परराष्ट्र नीति सञ्चालनका मूलभूत आधारमा नै असंलग्न परराष्ट्र नीति रहेको र सोही नीतिअनुसार नै विचलित नभइ चल्ने जानकारी गराए ।

तीन संसदीय समितिको बैठक बस्दै बिहीबार, असार २८, २०८० प्रतिनिधि सभा अन्तर्गतका तीन समितिहरूको बैठक बिहीबार बस्दै छन् ।

एमालेले बोलायो सचिवालय बैठक बुधबार, असार २७, २०८० पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मान सहित अन्त्येष्टि गरिने बुधबार, असार २७, २०८० आकस्मिक रूपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दाहालको अन्त्येष्टि राजकीय सम्मान सहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रचण्ड पत्नी दाहालको निधनले समाजवादी मोर्चाको बैठक अनिश्चित बुधबार, असार २७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनले बैठक अनिश्चित भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २ गते बस्ने बुधबार, असार २७, २०८० प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि आजका लागि बोलाइएको कांग्रेस बैठक स्थगित गरिएको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार आज स्थगित बैठक अब साउन २ गते अपराह्न १ बजे पार्टी कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने छ ।

माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै बुधबार, असार २७, २०८० नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री पत्नी दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध बुधबार, असार २७, २०८० नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं पार्टीकी सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ ।









