किन बस्दैछ समाजवादी मोर्चाको बैठक ? बुधबार, असार २७, २०८०

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि बुधबार, असार २७, २०८० नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदै छ । कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमिति बैठक हरेक दुई/दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो ।

जनमत पार्टी सरकारमा, यी हुन् मन्त्री बुधबार, असार २७, २०८०

‘जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी’ मंगलबार, असार २६, २०८०

बजेटमाथिको छलफल सकियो मंगलबार, असार २६, २०८० राष्ट्रिय सभामा विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकमाथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ ।

भ्रष्टाचारीमाथिको कारबाही स्टन्टबाजी मात्रै : एमाले अध्यक्ष ओली मंगलबार, असार २६, २०८० ‘अहिलेको सरकार, अहिलेका मन्त्रीहरू खासगरी प्रधानमन्त्री र गृहमन्त्री लडेको राँगो मैले पछारेको भन्छन् । अहिले आएको भ्रष्टचारविरोधी कुरा यो अहिलेको सरकारको कुनै योगदान नै होइन । यो त अगाडिदेखि चल्दैथ्यो,’ उनले भने ‘यो पोलिटिकल स्टन्टबाजी हो । केही गर्न नसकेपछि यस्ता कुराहरूलाई ब्लोअप गरेर के–के न गरे भनेर यो कुनै...

अहिले सरकारमा जाने एमालेको कुनै मनसाय छैन : अध्यक्ष ओली मंगलबार, असार २६, २०८० उनले सरकार र सत्तारूढ दलहरूले झुट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाए । ‘केही पनि गरेको छैन राम्रो काम । यसले के गर्यो ? ढाँट्छ, छक्याउँछ,’ उनले भने ।

पूर्वाधार विकास कार्यक्रमले राजनीतिकर्मीलाई भ्रष्टाचारी बनाउँछ : सांसद देव मंगलबार, असार २६, २०८० ‘त्यो पोल्टिसियनहरूलाई भ्रष्टाचारी बनाउने कार्यक्रम हो । सांसद, सांसदका पीए, पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउने ठाउँ हो । पुँजीगत खर्चलाई अनावश्यक ढंगले चुहावट गराउने, भ्रष्टाचार बढावा दिने हिसाबले ८ अर्ब २५ करोडको रकम छ । यो दोष प्रणालीको दोष हो,’ उनले भने ।

आगामी बजेटबाट केही नेता, मन्त्री र बिचौलियाबाहेक अरू खुसी छैनन् : तारामान स्वाँर मंगलबार, असार २६, २०८० राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र बिचौलियाहरू बाहेक सबै असन्तुष्ट रहेको बताएका छन् ।

सत्ता पक्षकै सांसदको प्रश्न : तीन जिल्लाको बजेट सच्चिएर आयो कि आएन ? मंगलबार, असार २६, २०८० ‘प्रधानमन्त्री, निवर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा गएको बजेट सच्चिएर आयो कि आएन ? त्यसैले पनि यो बजेट सन्तुलित छैन, यसले अहिलेको आवश्यकतालाई पूर्ति गर्न सक्दैन,’ उनले भनिन् ।

विमला राई पौड्यालको प्रश्न : नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन ? मंगलबार, असार २६, २०८० उनले भनिन्, ‘प्रधानमन्त्रीले अस्ति त भनि नै हाल्नुभयो । प्रधानमन्त्री बन्नका लागि व्यापारीहरू दिल्ली दौडमा गएका कुरा आए पनि । बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दैछौँ कि के हो ? ’

लगानीमैत्री वातावरण नबनाएर सरकारले राष्ट्रघात गर्यो : भैरवसुन्दर श्रेष्ठ मंगलबार, असार २६, २०८० मंगलबार राष्ट्रिय सभाको बैठकमा उनले चिनियाँ कम्पनीहरूले निर्माण गर्ने भनिएका आयोजनाहरू लगानीको सुनिश्चितता नभएका कारण कतिपय फर्किसकेको र कतिपय फर्किने तयारीमा रहेको बताए । अहिलेको सरकार र गठबन्धनका दलहरूले विदेशी लगानीमैत्री वातावरण बनाउन नसकेर राष्ट्रघात गरिरहेको उनले आरोप लगाए ।

ट्रकका ट्रक पास हुने मल किन समात्न सकिएन : नारायणदत्त मिश्र मंगलबार, असार २६, २०८० उनले भने, ‘समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन । भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समातिएको छ । ट्रकका ट्रक पनि पास हुन्छ भन्छन् है, त्यो पक्रेकेको मलाई थाहा छैन ।’









