जनमत पार्टी सरकारमा, यी हुन् मन्त्री

काठमाडौं— डा.सिके राउत नेतृत्वको जनमत पार्टीले अनिता साहलाई सरकारमा पठाउने भएको छ ।
मंगलबार बसेको पार्टीको बैठकले मन्त्रीका लागि साहको नाम सिफारिस गरेको प्रवक्ता हरेन्द्र चौधरीले जानकारी दिए ।
‘सरकारमा सहभागी हुने निर्णय गर्यौँ । मन्त्रीको नाम सिफारिस गरिएको छ,’ उनले भने ।
उनका अनुसार मन्त्रालय टुंगो लाग्न बाँकी छ ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० ०६:१३