किन बस्दैछ समाजवादी मोर्चाको बैठक ?

काठमाडौं— समाजवादी मोर्चाको बैठक बुधबार बस्दैछ । बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बस्न लागेको हो ।
समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे स्पष्ट पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ । सोही तयारीबारे छलफल गर्न बैठक बस्न लागेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जनाए ।
उनको भनाइमा साउन पहिलो हप्तादेखि सातै प्रदेशमा मोर्चा गठनको उद्देश्य, कार्यनीति, कार्यदिशाबारे जानकारी गराउन लागिएको छ । त्यसैको तयारीका लागि बैठक बोलाइएको हो ।
पाण्डेले बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताए । मोर्चामा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवद्ध छन् ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० ०७:५८