News Griha :: न्यूजगृह
पूर्वाधार विकास कार्यक्रमले राजनीतिकर्मीलाई भ्रष्टाचारी बनाउँछ : सांसद देव

काठमाडौं— राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा आवश्यक बजेट जान नसकेको बताएका छन् । 

मंगलबार राष्ट्रिय सभाको बैठकमा उनले पिछडिएका प्रदेशहरूमा आवश्यकभन्दा कम बजेट गएकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले पूर्वाधार विकास कार्यक्रममा छुट्याइएको ८ अर्ब २५ करोड बजेट भ्रष्टाचार बढाउने बजेट भएको बताए । 

‘त्यो पोल्टिसियनहरूलाई भ्रष्टाचारी बनाउने कार्यक्रम हो । सांसद, सांसदका पीए, पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउने ठाउँ हो । पुँजीगत खर्चलाई अनावश्यक ढंगले चुहावट गराउने, भ्रष्टाचार बढावा दिने हिसाबले ८ अर्ब २५ करोडको रकम छ । यो दोष प्रणालीको दोष हो,’ उनले भने । 

पूर्वाधार विकास कार्यक्रमको बजेट छुट्याउने कुरा प्रधानमन्त्री, मन्त्रीहरूको दोष नभइ प्रणालीको दोष भएको उनको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १५:१४
Weather Update